󠀠

लुम्बिनी प्रदेश सरकार

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय

राप्ती उपत्यका (देउखुरी), नेपाल

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय

महाशाखा शाखागत कार्य  जिम्मेवारीहरू

PDF मा हेर्न यहाँ  Click गर्नु होस्ः

कार्य जिम्मेवारीः

 

  • प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, मापदण्ड र योजना तर्जुमा तथाकार्यान्वयन, नियमन, सूचना संकलन,मूल्याङ्कन र प्रतिवेदन तथा संघिय सरकारसंगको समन्वय र सहकार्य
  • अतिविशिष्ट व्यक्ति,महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा
  • संघीय र प्रदेश सुरक्षा निकायसंगको सम्पर्क,सम्बन्ध, सूचना आदान प्रदान र समन्वय
  • प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन
  • प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय
  • अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथाअन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग
  • प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी
  • सामुदायिक प्रहरी सम्बन्धी
  • प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन
  • प्रदेश भित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय
  • गुनासो र विवाद व्यवस्थापन
  • संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन
  • फौजदारी कार्यविधि कानूनको कार्यान्वयन
  • निवारक नजरबन्द र स्थानहद सम्बन्धी
  • स्थानीय प्रशासनको सन्चालन, व्यवस्थापन र समन्वय
  • विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना रसंचालन, स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्शाँकन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति,मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • उपाधि, सम्मान तथा विभूषणको सिफारिस
  • प्रदेशस्तरमा सार्वजनिक विदा, उत्सव, उर्दी आादिको व्यवस्थापन
  • प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना सम्वन्धी
  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण
  • प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन
  • प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन
  • प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन
  • प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित सञ्चार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन
  • साइवर सुरक्षा अनुगमन
  • छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, वर्गीकरण, सञ्चालन र नियमन
  • प्रेससूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण
  • प्रदेश राजपत्रको प्रकाशन र वितरण
  • श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन
  • प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी
  • केबुल वितरणको इजाजत, नवीकरण र नियमन
  • चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शनको अनुमति र नियमन
  • प्रदेश सरकारका लागि आवश्यक सवारी साधनको ब्यवस्थापन

 

प्रशासन, योजना तथा विपद् व्यवस्थापन महाशाखा

 

  • मन्त्रालयको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा, स्वीकृत आयोजना कार्यक्रमको कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य
  • कर्मचारी व्यवस्थापन र सो सम्बन्धी रिक्त पदहरू प्रदेश लोकसेवा आयोग वा अन्य सम्वन्धित निकायहरूमा माग पठाउने तथा पदपुर्तीको व्यवस्था सम्बन्धी कार्य
  • मन्त्रालयमा कर्मचारीहरुको नियुक्ति, पदस्थापना, तालिम, विभागीय कारवाही, सुपरिवेक्षण, अवकाश आदि जस्ता कर्मचारी प्रशासन सम्बन्धी कार्य
  • लेखा सञ्चालन, लेखापरिक्षण तथा अभिलेखाङ्कन सम्बन्धी कार्य
  • प्रत्यायोजित अधिकार बमोजिम रकमान्तर, खर्चको स्वीकृति, ठेक्का पट्टा, खरिद सम्झौता तथा लिलाम विक्रि सम्बन्धी कार्य
  • मन्त्रालयको भौतिक साधनहरूको विवरण अद्यावधिक एवं सोको मर्मत सम्भार र संरक्षण सम्बन्धी कार्य
  • कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन, पुरस्कार, सरुवा, वढुवा तथा अन्य आवश्यक कारवाही सम्बन्धी कार्य
  • विपद् जोखिम क्षेत्र नक्शाङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी  प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन सम्बन्धी कार्य
  • विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा संघ, अन्तरप्रदेश, स्थानीय तह तथा सम्बद्ध सवै पक्षहरुसँग समन्वय र सहकार्य सम्बन्धी कार्य
  • प्रदेशस्तरमा सार्वजनिक विदा, उत्सव, उर्दी आदिको व्यवस्थापनमा सहजीकरण सम्बन्धी कार्य,
  • उपाधि, सम्मान तथा विभुषण सम्बन्धी कार्य
  • प्रदेश सरकारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनका लागि समन्वय तथा सहजिकरण सम्बन्धी कार्य

 

प्रशासन तथा योजना शाखा

 

  • कर्मचारीहरुको विवरण, व्यक्तिगत विवरण, हाजिरी, काज तथा विदाको अभिलेख व्यवस्थापन  सम्बन्धी कार्य,
  • मन्त्रालयमा प्राप्त चिठीपत्रको दर्ता तथा मन्त्रालयबाट प्रेषित चिठिपत्रको चलानी सम्बन्धी कार्य
  • मन्त्रालयमा कर्मचारी तथा सुरक्षाकर्मीहरुको पालो पहरा व्यवस्थापन र सवारी चालकहरूको खटनपटन सम्बन्धी कार्य
  • मन्त्रालयको विजुली, पानी, सरसफाई तथा अन्य आवश्यक सामग्रीहरुको व्यवस्थापन सम्बन्धी कार्य
  • जिन्सी सामग्रीहरूको खरिद, छपाइ, सुरक्षित भण्डारण र आवश्यकता अनुसार बोलपत्र आव्हान सम्बन्धी कार्य
  • जिन्सी मालसामान तथा सवारी साधनको मर्मत सम्भार, मिन्हा, हस्तान्तरण, लिलाम विक्री तथा जिन्सी निरीक्षण सम्बन्धी कार्य
  • प्रदेशस्तरमा सार्वजनिक विदा, उत्सव, उर्दी आदिको व्यवस्थापनमा सहजीकरण सम्बन्धी कार्य,
  • उपाधि, सम्मान तथा विभुषणको लागि सूचना प्रकाशन तथा विवरण संकलन सम्बन्धी कार्य
  • मन्त्रालयको नीति, बार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी कार्य
  • बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन, मुल्याङ्कन तथा प्रतिवेदन सम्बन्धी कार्य  
  • मन्त्रालयको मासिक, चौमासिक, अर्धबार्षिक तथा बार्षिक प्रगति विवरण तयारी तथा प्रतिवेदन सम्बन्धी कार्य
  • प्रदेश सरकारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनका लागि समन्वय तथा सहजिकरण सम्बन्धी कार्य
  • अन्य शाखाको कार्य जिम्मेवारीमा नपरेका कार्य

 

विपद् व्यवस्थापन समन्वय शाखा

 

  • विपद् जोखिम क्षेत्रको पहिचान, नक्शाङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी तथ्याङ्क संकलन, प्रादेशिक नीति, कानून, मापदण्ड निर्माणमा सहयोग सम्बन्धी कार्य
  • प्रादेशिक विपद् व्यवस्थापन कोषको संचालन र  व्यवस्थापन एवम् जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा सहयोगका लागि समन्वय सम्बन्धी कार्य
  • प्रदेशभित्रका विपद् सम्बन्धी तथ्याङ्कहरूको संकलन र सम्प्रेषण सम्बन्धी कार्य
  • प्रादेशिक विषयगत क्षेत्र परिचालनको लागि अन्तर मन्त्रालय, सहनेतृत्व गर्ने निकायहरू र विपद्को क्षेत्रमा क्रियाशिल संघसंस्थाहरूसँग समन्वय र सहकार्य सम्बन्धी कार्य
  • पुनःनिर्माण तथा पुनःस्थापनाको लागि प्रदेशस्तरीय विवरण संकलन, प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई सुचित गर्ने सम्बन्धी कार्य
  • राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रसँग सहयोग, समन्वय र सहकार्य सम्बन्धी कार्य
  • प्रदेश सरकारबाट विपद् प्रभावितलाई उपलब्ध गराउने थप राहत प्रदान गर्न विपद् प्रभावितको निवेदन संकलन, चेकजाँच र थप राहतको निर्क्यौल सम्बन्धी कार्य
  • जिल्ला र स्थानीय तहसँग समन्वय गरी विपद् जोखिम बारे बुझाई र विपद् जोखिम शासकीय पद्धतीको सुदृढीकरण सम्बन्धी कार्य
  • खोज तथा उद्दारको लागि सुरक्षा निकायहरू, स्थानीय तह र स्वयंसेवकसँग समन्वय, सहजीकरण सम्बन्धी कार्य
  • विपद् पूर्वसूचना प्रणालीको स्थापना, प्रवलीकरण र सूचना सम्प्रेषण सम्बन्धी कार्य
  • विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रविपद् व्यवस्थापन सामग्रीको व्यवस्थापन, संरक्षण, संवर्द्धन र जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग सम्बन्धी कार्य
  • प्रदेश मामिला सूचना केन्द्र मार्फत कोभिड - 19 लगायत अन्य विपद् सम्बन्धी तथ्याङ्क संकलन, अभिलेखिकरण, रिपोर्टिङ्ग तथा विश्लेषण सम्बन्धी कार्य
  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अन्य आवश्यक कार्यहरू

 

आर्थिक प्रशासन शाखा

 

  • मन्त्रालयको बार्षिक बजेट तथा कार्यक्रम तयार सम्बन्धी कार्यहरु
  • आर्थिक मामिला तथा योजना मन्त्रालय संग निकासा माग सम्बन्धी कार्यहरु
  • मन्त्रालयको लागि थप निकासा र रकमान्तर सम्बन्धी कार्यहरु
  • बिनियोजन, राजस्व र धरौटीको लेखा तयार पार्ने सम्बन्धी कार्यहरु
  • मन्त्रालयको दैनिक आर्थिक प्रशासन संचालन सम्बन्धी कार्यहरु
  • आ.ले.प., म.ले.प. को बेरुजु लगत खडा गर्ने सम्बन्धी कार्यहरु
  • मन्त्रालयको बिनियोजित खर्च, राजस्व र धरौटीको लेखा परिक्षाण गराउने, बेरुजुको संपरिक्षण गराउने र बेरुजु फर्छयौट सम्बन्धी कार्यहरु
  • मन्त्रालयको आर्थीक विवरण तयार सम्बन्धी कार्यहरु
  • आर्थिक बिषयमा राय परामर्श सम्बन्धी कार्यहरु
  • आर्थिक प्रशासन सम्वन्धि परि अउने अन्य कार्यहरु

 

कानून शाखा

 

  • फौजदारी कार्यविधि कानूनको कार्यान्वयन, अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्तिका साथै निवारक नजरबन्द र स्थान हद सम्बन्धी कार्य गर्ने,
  • सूचनाको  हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन गर्ने व्यवस्था गर्ने,
  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम सञ्चालन सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा गर्ने,
  • प्रदेश राजपत्र प्रकाशन गर्ने,
  • मन्त्रालयसँग सम्वन्धित ऐन, नियम, गठन आदेश र सूचना आदिको मस्यौदा तयार गर्ने सम्वन्धि कार्य गर्ने,
  • पारिवारिक मामिला विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन
  • मन्त्रालयलाई बिपक्षी बनाएर दायर भएका मुद्दा, पुनरावेदन, रिट वा अन्य दावीहरुको लिखित जवाफ प्रतिउत्तर तयार गर्ने,
  • मन्त्रालयलाई आवश्यक कानूनी राय दिने ।

 

सुरक्षा समन्वय महाशाखा

 

  • प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य सम्बन्धी कार्य,
  • प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुर्नस्थापन तथा परिपुरण सम्बन्धी कार्य
  • अति विशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा सम्बन्धी कार्य,
  • सामाजिक क्षेत्रका संघ/संस्था दर्ता, नविकरण, अभिलेख तथा अनुगमन सम्बन्धी कार्य,
  • संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय सम्बन्धी कार्य
  • प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन सम्बन्धी कार्य
  • प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय सम्बन्धी कार्य
  • अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग सम्बन्धी कार्य
  • सामुदायिक प्रहरी गठन तथा प्रदेश भित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी कार्य
  • संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विस्फोटक पदार्थको व्यवस्थापन सम्बन्धी कार्य
  • मातहत कर्मचारीहरूको विदा/काज सिफारिश गर्ने वा प्रत्यायोजित अधिकारबमोजिम स्वीकृत गर्ने,
  • मातहत कर्मचारीहरूको काम, कर्तव्य र उत्तरदायित्व अनुसार काम गरे नगरेको निरीक्षण, निर्देशन, सुपरीवेक्षण गर्ने, गराउने ।

 

क) शान्ति सुरक्षा शाखा

 

  • प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था  मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघ संगको समन्वय र सहकार्य सम्बन्धी कार्य
  • अति विशिष्टव्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा सम्बन्धमा आवश्यक समन्वय र सिफारिस सम्बन्धी कार्य
  • संघीय र प्रदेश सुरक्षा निकाय संगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय सम्बन्धी कार्य
  • प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रणमा समन्वय सम्बन्धी कार्य
  • अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षाका सम्बन्धमा आवश्यक समन्वय समन्बन्धी कार्य
  • संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन सम्बन्धी कार्य
  • निवारक नजरबन्द र स्थानहद सम्बन्धी कार्य
  • सुरक्षा सम्वन्धमा बिभिन्न श्रोतबाट प्राप्त सुचनाहरु सम्वन्धित निकायमा जानकारी गराउने सम्बन्धी कार्य
  • सुरक्षा सम्वन्धि बिभिन्न गतिबिधिहरुको बिश्लेषणात्मक अध्ययन गरी आवश्यक प्रशासिनिक कार्वाहि चलाउने सम्बन्धमा समन्वय तथा सिफारिस सम्बन्धी कार्य
  • सुरक्षा सम्वन्धि गोष्ठि अयोजना सम्बन्धी कार्य
  • मन्त्रालय अन्तर्गतका सुरक्षा संग सम्वद्ध निकायहरुको कार्यशैली र कामकारवाहिको अध्ययन अनुगमन र मुल्यांकन सम्बन्धी कार्य
  • दिगो शान्ति/परिपुरण सम्बन्धी कार्य
  • बजार अनुगमन सम्बन्धी कार्य

​​​​​​​

​​​​​​​ख) प्रहरी प्रशासन तथा कारागार व्यवस्थापन शाखा

 

  •  संघीय कानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन सम्बन्धी कार्य गर्ने
  • प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धमा पेश गर्ने
  • प्रदेश भित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी आवश्यक कार्य गर्ने
  • फौजदारी कार्यविधि कानूनको कार्यान्वयन
  • सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानूनको कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान सम्बन्धमा समन्वय तथा आवश्यक सिफारिस गर्ने
  • प्रदेश प्रशासन सम्वन्धमा एक प्रदेश र  अर्को प्रदेश बिच अवश्यकता अनुसार सम्वन्य गर्ने
  • आपूर्ति स्थितिको अनुगमन गर्ने र सो सम्वन्धमा आवश्यक सहयोग पुर्याउने
  • प्रदेश भित्रका कारागारहरुको भौतिक स्तरोन्नती कैदी संख्या अनुरुप कारागार पूर्वाधार व्यवस्थापन कैदिहरुको पुर्नस्थापना सिपमूलक तालिम पुनरुत्थान मूलक तालिम सोँच परिवर्तन 
  • ऐतिहासिक स्थलहरुको संरक्षण सम्वन्धि कार्य
  • प्रदेश अनुसन्धान ब्युरो सम्वन्धि कार्य

​​​​​​​

​​​​​​​सञ्चार तथा सूचना प्रविधि महाशाखा

 

  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा गर्ने व्यवस्था मिलाउने र सो को कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण गर्ने गराउने,
  • प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमनसम्बन्धी आवश्यक व्यवस्था मिलाउने,
  • प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूवना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन, प्रदेश भित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन लगायतका कार्यहरू गर्ने,
  • प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन गर्ने,
  • साइवर सुरक्षा तथा अनुगमन, छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन गर्ने,
  • प्रेस, सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण सम्बन्धी व्यवस्था मिलाउने,
  • श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन गर्ने
  • प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी कार्य गर्ने,
  • केबुल वितरणको इजाजत, नवीकरण र नियमन सम्बन्धी कार्य गर्ने,
  • चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन लगायतका कार्यहरू गर्ने,
  • मातहत कर्मचारीहरूको विदा/काज सिफारिश गर्ने वा प्रत्यायोजित अधिकार बमोजिम स्वीकृत गर्ने,
  • मातहत कर्मचारीहरूको काम, कर्तव्य र उत्तरदायित्व अनुसार काम गरे नगरेको निरीक्षण, निर्देशन, सुपरीवेक्षण गर्ने, गराउने ।

​​​​​​​

क) सञ्चार शाखा

 

  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति, कानून  कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण गर्ने
  • प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन गर्ने
  • छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन गर्ने
  • प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण गर्ने
  • श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन गर्ने
  • प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी आवश्यक कार्य गर्ने
  • सूचनाको हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको कार्यान्वयन गर्ने
  • चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन गर्ने

​​​​​​​

​​​​​​​ख) सूचना प्रविधि शाखा

 

  • प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन गर्ने
  • प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन गर्ने
  • साइवर सुरक्षा अनुगमन गर्ने
  • केबुल वितरणको इजाजत, नवीकरण र नियमन गर्ने
  • स्मार्ट अफिस व्यवस्थापन र अभिलेख व्यवस्थापन गर्ने
  • प्रविधिमा आधारित अन्य कार्यहरु गर्ने

​​​​​​​

​​​​​​​माननीय मन्त्रीज्यूको निजी सचिवालयको कार्यविवरण

​​​​​​​

  • स्वदेश एवं विदेशवाट प्राप्त हुने टेलिफोन कलहरू प्राप्त गरी प्रेषित गर्ने र उनीहरूसँग आवश्यकता अनुसार सम्पर्क गराउने
  • मन्त्रीज्यूसँग भेट गर्न आउने स्वदेशी, विदेशीहरू पाहुनाहरू सँग सम्पर्क गराउने (भेट गराउने)
  • मन्त्रालय, विभिन्न कार्यालय तथा निकायका साथै राजनीतिक दलका नेता तथा प्रतिनिधीहरूको उपस्थितिमा हुने वैठकहरूको चाँजोपाँजो मिलाउने, वैठकमा जलपान आदिको प्रवन्ध गर्ने
  • गोप्य पत्रहरू, वैठक समारोह आदिका निम्तो कार्डहरू अनुसार कार्यक्रम वनाउने, विशिष्ट व्यक्तिहरूको भेटघाट Appointment को व्यवस्था मिलाउने
  • निर्णयार्थ पेश हुने र भएका टिप्पणी फायलहरू यथासमयमा पेश गर्ने र निर्णय पश्चात् सम्वन्धित ठाँउहरूमा तुरुन्त पठाउने
  • समय समयमा आदेश निर्देश भएबमोजिम पत्रहरू तयार गर्ने, गर्न लगाउने
  • आवश्यकता र निर्देशन अनुसार अन्य शाखाका समेत काममा सहयोग पुर्याउने र कार्यालयसँग सम्वन्धित अन्य लगाए अह्राए अनुसार कार्यहरू सम्पादन गर्ने