वि.सं: असोज ७, २०८३

सतर्क रहौँ, पूर्वतयारी गरौँ र सम्भावित विपद्को जोखिम न्यूनीकरणमा सहयोग गरौँ ।

नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३ असोज ५ गते, सोमबार दिउँसो जारी गरिएको विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ । उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका लागि निम्न कार्यहरू गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध छः